नियम १०क
विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने बिज्ञापनको नियमन
(१) बोर्डले विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापन तथा सूचनाको नियमन: गर्नेछ ।

(२) उपनियम (१) बमोजिम बोर्डले नियमन गर्दा देहायका आधारमा गर्नु पर्नेछ:-

(क) आधिकारिक च्यानल मार्फत विज्ञापन गरे वा नगरेको,

(ख) ऐन तथा यस नियमावली बमोजिम विज्ञापन भए वा नभएको,

(ग) बोर्डमा सूचीकृत सञ्चार माध्यम वा विज्ञापन एजेन्सी मार्फत विज्ञापन भए वा नभएको ।